१३ चैत २०७६, काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं. १५ को वडा कार्यालयले वडावासीलाई सम्बोधन गरी कोरोना भाइरस (कोभिड–१९) बारे जनचेतना फैलाउने उद्देश्यले सूचना जारी गरेको छ ।
कोरोना भाइरसको सन्दर्भलाई लिएर आम मानिसमा त्रासको वातावरण सिर्जना नगरौं भन्ने उद्देश्यले महानगरी वृत्त स्वयम्भूको समन्वयमा वडा नं. १५ ले उक्त सूचना सार्वजनिक गरेको हो ।
जारी जनचेतनामूलक सूचनामा, के हो कोरोना भाइरस ?, कोरोना भाइरसका लक्षणहरु, रोग कसरी सर्छ र यसका रोकथामका उपायहरुबारे उल्लेख गरिएको छ ।
कामपा १५ द्वारा जारी जनचेतनामूलक सूचना :