‘चीनले कोरोना संक्रमितको आँकडा लुकायो, बताइएभन्दा कयौं गुणा बढी संक्रमित छन्’ – ट्रम्प



१४ चैत्र २०७६, काठमाडौं

अमेरिकामा कोरोना संक्रमितको संख्या संसारकै सबैभन्दा धेरै भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसको कारणबारे जानकारी दिएका छन् ।

उनले यसलाई परीक्षणको नतिजा बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले धेरैभन्दा धेरै परीक्षण गरिरहेका छौं, यो त्यसैको परिणाम हो ।’

यसका साथै, ट्रम्पले चीनले कोरोना संक्रमितको आँकडा लुकाइरहेको आरोप लगाएका छन् । उनले भने, ‘चीनमा कोरोना संक्रमितको संख्या जति बताइएको छ, वास्तवमा त्यहाँ त्यो भन्दा कयौं गुणा बढी संक्रमित छन् ।’

प्रतिक्रिया दिनुहोस्