१४ चैत्र २०७६, काठमाडौँ
कोरोनाका कारण यतिबेला भारत पनि निकै प्रभावित भएको छ । भारतमा पनि कोरोनाको त्रास भएका कारण भारतीय सरकारले २१ दिनसम्म भारतलाई लकडाउन गर्ने घोषणा गरेको छ ।
यस्तै बलिउड अभिनेता ऋतिक रोशनले यस्तो बेलामा आफूले पनि सहयोग गर्न आवश्यक रहेको बताउँदै २० लाख सहयोग गरेका छन् । उनले ब्रिहानमुंबई म्युनिसिपल कर्पोरेशनलाई २० लाख ९भारतीय रुपैया० सहयोग गरेका हुन् ।
उनले यस्तो समयमा हाम्रो शहरको ख्याल गर्ने कर्मचारीहरुको लागि सक्दो सहयोग गर्नुपर्ने बताए । ऋतिकले आपतको बेला आफुले पनि सहयोग गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गरेका छन् ।