१४ चैत्र २०७६, काठमाडौँ
भारतकी चर्चित टिभी अभिनेत्री यतिबेला समस्यामा परेकी छिन् । उनी गर्भवती छिन् र उनको पेटमा ९ महिनादेखि उनको सन्तान हुर्किरहेको छ । अब उनको डेलिभरी जुनसुकै बेला पनि हुनसक्छ ।
तर जताततै कोरोना भाइरसको त्रासका कारण उनी आफ्नो बच्चाको लागि चिन्तित छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै आफ्नो बच्चाप्रतिको भावना व्यक्त गरेकी छिन् ।
उनले आफ्नो बच्चालाई केहीसमयको लागि पेटभित्रै बस्न भनेकी छिन् । यो एउटी आमाको माया हो । तर उनले बच्चा दुनियाँमा आएपछि उनको असाध्य ख्याल राख्ने पनि बताएकी छिन् ।
उनले लेखेकी छिन्, ‘डियर बेबी, अझै केही दिन भित्रै बस । अहिले संसारको स्थिती भयावह छ, मलाई थाहा छैन भविष्यमा के होला । तर मलाई थाहा छ कि तपाईं पहिलेदेखि नै बलियो बलियो भएर यो संसारमा आउनुहुनेछ । तपाईं यस्तो दुनियाँमा जन्म लिनुहुनेछ जहाँ तपाईंले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ र यो कुनै खराब कुरा होइन ।’
‘मलाई थाहा छ, तपाईंले आफ्नो हरेक दिन सेलिब्रेट गर्नुभयो । तपाईंको हरेक किक, चाल म चिन्दछु र त्यसलाई म असाध्यै माया गर्छु ।’
साथै स्मृतिले अहिले आफ्नो जस्तै अवस्था कयौँ आमाहरुको हुनसक्ने भएकाले सबैलाई सुरक्षित हुन आग्रह पनि गरेकी छिन् ।