१४ चैत्र २०७६, काठमाडौं
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरूद्धको लडाइँमा कांग्रेस सँधै सरकारको साथमा रहेको बताएका छन् ।
आफूहरूले महामारीविरूद्धको लडाइँमा सरकारलाई साथ दिने भन्दै उनले सरकारले युद्धस्तरमा क्षमता देखाउनुपर्ने बेला आएको बताएका छन् ।
शुक्रबार (आज) ट्वीट गर्दै प्रवक्ता शर्माले महामारीविरूद्ध लड्नु साझा संघर्ष हुने पनि उल्लेख गरेका छन् ।
उनले ठूलो क्षतिको साइरन बजिसकेको संकेत गर्दै गम्भीर भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारमा संगै नभएर पनि संगै लड्न सकिन्छ ! यो हामी सबैको साझा संघर्ष हो l
सरकारलाई हामीले बल दिने र सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला हो यो l युद्ध तब जितिने छ l नत्र ठुलो क्षतिको साइरन बजिसकेको छ,कस्ले कति गम्भीर भएर सुन्यौं त्यो अलग कुरा हो l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 27, 2020