कस्तो छ, टेकुमा उपचाररत दुई कोरोना संक्रमितहरुको पछिल्लो स्वास्थ्य अवस्था ?



१४ चैत्र २०७६, काठमाडौं

हालसम्म नेपालमा तीनजना कोभिड १९ (कोरोना भाइरस) संक्रमित फेला परेका छन् ।

तीमध्ये शुरुमा संक्रमण पुष्टि भएका एक पुरुष उपचारपछि स्वस्थ भएर पनि आफ्नो नियमित काममा फर्किसकेका छन् ।

बाँकी दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार (आज) बताएअनुसार कोरोना संक्रमित १९ वर्षीया युवतीको अवस्था सामान्य छ भने अर्का संक्रमित ३२ वर्षीय युवकलाई भने खोकी लागिरहेको छ ।

“युवतीको अवस्था सामान्य छ । उनमा कुनै लक्षण देखिएको छैन ।” डा. देवकोटोले भनेका छन्, ‘युवकलाई भने खोकी लागिरहेको छ ।’

यस्तै उनले दुवैजनालाई स्वस्थ बनाउन सकिनेतर्फ पनि कुरा गरे । उनीहरु दुवैलाई निको बनाउन सकिन्छ भनिएको प्रश्नमा उनले ‘भन्न सकिन्छ ।’ भनेर जवाफ दिए ।

फ्रान्समा कतार हुँदै आएकी एक १९ वर्षीय युवती र यूएईबाट फर्केका एक युवकमा पछिल्लो पटक कोरोना संक्रमण देखिएपछि उनीहरुको टेकुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्