‘सेल्फ् क्वारेन्टाइन’मा बस्दा अनिवार्य पालना गर्नुपर्ने विश्व स्वास्थ्य संगठनका यी नियम [भिडिओ]



१४ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमण यो समाचार लेख्दासम्ममा १९९ देशमा पुगिसकेको छ ।

यसबीचमा लाखौं मानिसहरु संक्रमित भएका छन् भने हजारौंको ज्यान गएको छ ।

यसबाट मुक्त हुनुको लागि प्रायः देशहरुले ‘लकडाउन्’को बाटो रोजिरहेका छन् ।

यो पृष्ठमूमिलाई नियाल्दा सेल्फ् क्वारेन्टाइन (घर)मा बस्दा कसरी बस्ने ? यो प्रश्न आम नागरिकको मनमा आउनु स्वाभाविक हो ।

घरमा बस्दा पालना गर्नुपर्ने महत्वपूर्ण कुराहरु विश्व स्वास्थ्य संगठन [डब्ल्यूएचओ] का प्रमुख अधानोम टेड्रोसले सार्वजनिक गरेका छन् ।

पालना गर्नुपर्ने नियमहरुः
१, स्वस्थ र पौष्टिक आहार खानुहोस् । जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठिकसँग कार्य गर्न मद्दत गर्दछ ।

२, मदिराजन्य पदार्थको सेवनलाई सीमित राख्नुस् । गुलिया पेय पदार्थहरु कम गर्नुस् ।

३, धुमपान नगर्नुस् । यदि तपाईँ कोरोना भाइरसबाट संक्रमित हुनुभयो भने यसले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४, शारीरिक व्यायम गर्न नछुट्याउनुस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने अझैं वयस्कहरुले कम्तीमा दैनिक ३० मिनेट र बालबालिकालाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्नुस् गराउनुस् । यदि तपाईँ घरभित्रै ‘लकडाउन्’ अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस् । नाच्नुहोस् । योगा गर्नुहोस् । घरकै भर्याङको सिँडीबाट तलमाथि गर्नुहोस् । यसले पनि तपाईँको व्यायम हुन्छ । तपार्इँ घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तीमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्नेबारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौं ।

५, तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिससँग कुरा गर्नुहोस् । तपाईँले यी कुराहरु छिमेकीलाई पनि भन्न सक्नुहुन्छ । यस्तो बेलामा करुणा र सहयोग एक औषधि हो भन्ने कुरा नभुलौं । संगीत सुन्नुहोस् । किताब पढ्नुस् । अथवा खेल इन्डोर् खेल खेल्नुस् । यस्तो बेलामा धेरै समाचार नहेर्नुहोस् जसले तपाईँलाई तनाव दिन्छ । जानकारीका लागि विश्वसनीय माध्यमबाट दिनमा एक दुईपटक हेर्नुभए हुन्छ ।

भिडिओ हेर्नुस्ः

|तस्वीरमा संगठनका प्रमुख अधानोम टेड्रोस| फाइल तस्वीर| एजेन्सी|

प्रतिक्रिया दिनुहोस्