१४ चैत्र २०७६, काठमाडौं
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच भिडिओ कन्फेरेन्स् शुरु भएको छ।
उपप्रधानमन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वार रूम’बाट कन्फेरेन्स् शुरु भएको हो ।
कन्फेरेन्स्मा सातै प्रदेशका मुख्यमन्त्री सहभागी रहेको उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताए ।
उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीचमा कोरोना रोकथाम र आगामी योजनाबारे छलफल हुने बताइएको छ ।
|फाइल तस्वीर|