कोभिड १९ : इटालीमा एकै दिन ९०० भन्दा बढीको मृत्यु



१५ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) संक्रमण शुरु भएयता इटालीमा एकदिनमा अहिलेसम्मकै सबैभन्दा उच्च ९१९ जनाको मृत्यु भएको छ ।

इटालीमा मात्रै ९ हजार भन्दा बढीको उक्त भाइरसका कारण अहिलेसम्ममा ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले संक्रमितहरुको जीवन बचाउन आवश्यक पीपीइको विश्वव्यापी रूपमै अभाव रहेको बताएका थिए ।

इटाली युरोपमा सबभन्दा नराम्ररी प्रभावित मुलुक हो । त्यहाँ सबैजसो कुरा बन्द गरिएका छन् र मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ ।

शुक्रबार सबेरै अधिकारीहरूले सबै कुरामा लगाइएको कडाइ ३ एप्रिल भन्दा अझ बढी समयका लागि बढाउन सकिने चेतावनी दिएका बीबीसीले जनाएको छ ।

|तस्वीरमा इटाली| श्रोतः रोटर्स|

प्रतिक्रिया दिनुहोस्