कोरोनासँग लड्नको लागि ‘प्रधानमन्त्री राहत कोष’ मा ५० हजार सहयोग गर्दै निर्माता तथा संगीतकार अर्जुन कुमार



१६ चैत्र २०७६, काठमाडौँ

कोरोना पिडितको सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राहत कोष खडा गरेका छन् । उक्त कोषमा सहयोगहरु आइरहेका छन् । जसले जति सक्छन्, त्यति सहयोग गरिरहेका छन् ।

केहीसमय अघि लोकगायक प्रकाश सपूतले १ लाख राहत कोषमा जम्मा गरिदिएका थिए । अहिले निर्माता तथा संगीतकार अर्जुन कुमारले राहत कोषमा ५० हजार जम्मा गरिदिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले सहयोग गरेको बताएका छन् ।

त्यसका साथै उनले व्यंग्यात्मक रुपमा अन्य कलाकारलाई पनि यस समयमा देशका लागि केही सहयोग गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्