१६ चैत्र २०७६, काठमाडौँ
रियल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै कोरोना भाइरसबाट बच्न घरमै बस्न आग्रह गरेका छन् । उनीहरुले सरकारले लकडाउन हाम्रै सुरक्षाको लागि गरेको भएकाले यसलाई सबैले साथ दिन आग्रह गरेका छन् ।
उनीहरुले यस समयमा सामाजिक दुरी कायम गर्न पनि आवश्यक रहेको बताएका छन् । केहीसमयको लागि आफ्ना साथीभाइ र आफन्तसँग पनि भेटघाट नगरी घरमै परिवारसँग समय बिताउन उनीहरुले भिडियोमा भनेका छन् ।