क्वारेन्टाइनको समयमा गीत कम्पोज गर्दै गायक धिरज राई



१६ चैत्र २०७६, काठमाडौँ

सरकारले लकडाउनको घोषणा गरेदेखि सबै जनता यतिबेला क्वारेन्टाइनमा रहेका छन् । कोही चलचित्र हेरेर, कोही पुस्तक पढेर त कोही जिम गरेर समय बिताइरहेका छन् ।

यस्तै गायक धिरज राई भने क्वारेन्टाइनको समयमा गीत कम्पोज गरिरहेका छन् । उनले धेरै व्यस्त हुने भएकाले पुरा गर्न नभ्याएका गीतहरु आजभोली पुरा गरिरहेको बताएका छन् ।

धिरजले क्वारेन्टाइनको समय आफूले रमाइलोसँग बिताइरहेको पनि बताएका छन् । गीत कम्पोज गर्नुका साथै उनी आजभोली मन लागेको चलचित्र हेरेर समय बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्