क्वारेन्टाइनको समय योगा गरेर बिताउँदै साम्राज्ञी



१६ चैत्र २०७६, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह क्वारेन्टाइनको समय योगा गरेर बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा उनले योगा गरिरहेको तस्बिर सार्वजनिक गरेकी छिन् ।

साम्राज्ञीले फिटनेसमा ध्यान दिन आवश्यक रहेकाले घरमा बसेको समय व्यायाम गरेर सदुपयोग गरिरहेको बताएकी छिन् ।

साम्राज्ञीजस्तै अन्य सेलिब्रेटीहरु पनि यसबेला घरपरिवारलाई नै समय दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्