१६ चैत्र २०७६, काठमाडौँ
कोरोना भाइरसको त्रास नेपालमा पनि उच्च भएकाले सरकारले यतिबेला नेपाललाई लकडाउन गरेको छ । एक हप्ताको लागि गरिएको लकडाउनको समय अझै बढाउने तयारी सरकारले गरिरहेको छ ।
लकडाउनबाट यबितेला सबैभन्दा धेरै समस्यामा कोही परेका छन् भने ती मजदुरहरु हुन् । जसको दैनिक गुजारा मजदुर गरेर हुने गर्दछ । अहिले लकडाउनका कारण काम गर्न नपाएकाले मजदुरहरु मर्कामा परेको छन् ।
उनीहरुको सहयोगको लागि सरकारले प्रधानमन्त्री राहत कोष खडा गरेको छ । यस राहत कोषमा रकम जम्मा भैरहेका छन् । यसैबिच नायिका बर्षा सिवाकोटीले पनि राहत कोषमा १ लाख दिने घोषणा गरेकी छिन् ।
उनले आफ्नो सानो सहयोगले मजदुरलाई केही सहयोग मिल्छ भने यसमा आफूलाई खुसी लाग्ने बताएकी छिन् । बर्षाले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै यो कुराको जानकारी दिएकी हुन् ।