कोरोना भाइरस दशकौं दशकसम्म मानव जातिमा रहन सक्छ : अनुसन्धान



१६ चैत्र २०७६, काठमाडौं

हाल विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) दशकौं दशकसम्म मानवजातिमा फैलनसक्ने अनुसन्धानले देखाएको छ ।

विश्वका केही उत्कृष्ट भाइरस विज्ञहरुले गरेको एक नयाँ अनुसन्धानअनुसार कोरोना भाइरस दशकौं दशकसम्म मानवजातिमै रहनसक्ने पत्ता लागेको हो ।

अमेरिका, बेलायत, र अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले यसअघि विश्व प्रसिद्ध वैज्ञानिकहरुले सार्वजनिक गरेका तथ्यांकका आधारमा कोरोना भाइरसमा मानव जातिमा रहनसक्ने गुण भएको पत्ता लगाएका हुन् ।

जनावरबाट मानिसमा सर्नसक्ने गुण पनि कोरोनाभाइरसमा रहेको उनीहरुको दावी छ । क्यालिफोर्नियास्थित क्रिप्स रिसर्च इन्स्टिच्युटका क्रिस्चियन एन्डरसन, एडिनबरा युनिभर्सिटीका एन्ड्र्यु राम्बट, कोलम्बिया युनिभर्सिटीका इयान लिपकिन, युनिभर्सिटी अफ सिड्नीका एडवर्ड होल्म्स र तुलान युनिभर्सिटीका रोबर्ट गेरीले तयार पारेको अध्ययनले यस्तो दावी गरेको हो ।

जुन गत १७ मार्चमा ‘नेचर मेडिसिन’ नामको साइन्टिफिक जर्नलमा प्रकाशित भएको थियो । अनुसन्धानमा संलग्न नभएका अमेरिकी नेश्नल इन्स्टिट्युट अफ हेल्थका निर्देशक डा. फ्रान्किस कोलिन्सले उक्त अध्ययनले कोरोना भाइरस जनावरबाट मानवमा सर्नसक्ने सम्भावित अवस्था देखाएको बताएका छन् ।

यस्तै यो भाइरस वर्षौंसम्म सम्भवतः दशकौंसम्म क्रमिक रुपमा विकास हुँदै जाने र बिस्तारै मानवजातिमा गम्भीर अवस्था सिर्जना गर्ने क्षमता प्राप्त गर्ने उनको तर्क छ । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्