कोरोना रोकथाम कोषमा लोकगायक ब्रदी पंगेनीले गरे ५० हजार सहयोग



१६ चैत्र २०७६, काठमाडौँ

नेपालमा पनि कोरोनाका त्रास भएका कारण सरकारले केही सयमको लागि नेपाललाई लकडाउन गरेको छ । जसको प्रत्यक्ष असर मजदुरहरुलाई पर्न गएको छ । उनै मजदुरको सहयोगको लागि सरकारले प्रधानमन्त्री राहत कोष खडा गरेको छ ।

उक्त राहत कोषमा कलाकारले आफूले सकेजति सहयोग गरिरहेका छन् । नायिका बर्षा सिवाकोटी, निर्माता अर्जुन कुमार, गायक प्रकाश सपूतपछि लोकगायक ब्रदी पंगेनीले पनि राहत कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन् ।

बद्रीले राहत कोषमा ५० हजार जम्मा गर्ने बताएका छन् । उनले अहिले देशमा यस्तो समस्या परिरहेको बेला आफूले पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्