कोरोना महामारीका कारण आर्थिक संकट देखिएपछि जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या !



१७ चैत्र २०७६, काठमाडौँ

जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफर मृत भेटिएका छन् । फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ।

क्षतविक्षत अवस्थामा भेटिएको शव पहिचानमा प्रहरीलाई कठिनाई उत्पन्न भए पनि उक्त शव अर्थमन्त्री थोमक स्किफरको नै रहेको त्यहाँको प्रहरीले पुष्टि गरेको हो।

प्रारम्भिक अनुसन्धानमा थोमकले आत्महत्या गरेको देखिएको प्रहरीले उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण राज्यमा चरम आर्थिक संकट उत्पन्न भएपछि थोमक तनावमा थिए।

कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण थोमक अत्यधिक चिन्तामा बाँचिरहेको र सोही कारण उनले आत्महत्या गरेको हुन सक्ने उनको नजिक रहेर काम गरेका एक अधिकारीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्