कोरोना संक्रमित गायिका कनिका कपुरको स्वास्थ्यमा देखिएन सुधार, चौथो पटकको रिपोर्ट पनि पोजेटिभ



१७ चैत्र २०७६, काठमाडौँ

बलिउडकी चर्चित नायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएपछि यतिबेला उनलाई लखनउको अस्पतालमा भर्ना गरिएको छ । कनिकाको ४ पटक स्वास्थ्य जाँच गरिएको छ । चारै पटकको उनको रिपोर्ट पोजेटिभ देखिएपछि यतिबेला कनिका र उनको पुरा परिवार नै समस्यामा परेको छ ।

कनिकालाई अस्पतालमा राखिएको १० दिन पुरा भैसकेको छ । तर १० दिनभित्र उनको स्वास्थ्यमा सुधार देखिएको छैन । कनिका लखनउको पार्टीमा गएकी थिइन् । त्यहाँ उनले २६२ जनासँग भेट गरेकी थिइन् । त्यसमध्ये ६२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । अन्यको चेकजाँच हुन बाकिँ नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्