१७ चैत्र २०७६, काठमाडौँ
कोरोनाका कारण समस्यामा परेका व्यक्तिको सहयोगको लागि सरकारले प्रधानमन्त्री राहत कोष खडा गरेको छ । त्यहाँ अहिले कलाकारले जतिसक्दो सहयोग गरिरहेका छन् ।
यसैबिच चलचित्र कलाकार संघले १ लाख १ हजार सहयोग गरेको छ । चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले यस्तो समयमा देशलाई केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
साथै रबिन्द्रले अन्य कलाकारलाई पनि आफूले सकेजति सहयोग गर्न अपिल गरेका छन् । साथै उनले यस्तो समयमा घरबाट बाहिर ननिस्कन पनि आग्रह गरिरहेका छन् ।