३० दिनका लागि युट्युबले भिडियोको क्वालिटी घटायो



१७ चैत्र २०७६, काठमाडौँ

युट्युब सबैभन्दा धेरै प्रयोग हुन सामाजिक सञ्जाल हो । अझ आजको पुस्ता त युट्युब बिना बस्न पनि सक्दैन होला । अहिले त झन युट्युबको सर्वाधिक प्रयोग भैरहेको छ । सरकारले नेपाललाई लकडाउन गरेपछि सबैजना क्वारेन्टाइनमा रहेका छन् र समय बिताउन युट्युब चलाइरहेका हुन्छन् ।

यस्तै युट्युबले क्वालिटी घटाएको छ । युट्युबले ३० दिनको लागि क्वालिटी घटाएको छ । अहिले नेटको धेरै नै युज हुने भएकाले स्लो चल्ने समस्या हुदाँ युट्युबले दर्शकलाई सहज होस् भनेर क्वालिटी घटाएको हो । यद्यपि आफूले चाहेको खण्डमा क्वालिटी बढाउन भने सकिन्छ ।

यसअघि युट्युब भिडियोहरु पूर्वनिर्धारित रुपमा प्ले हुँदा एचडी गुणस्तरमा प्ले हुन्थे । अब भने युट्युले यो गुणस्तर घटाएर स्टान्डर्ड बनाएको छ । स्टान्डर्ड एचडीभन्दा एक तह कम गुणस्तर हो ।

प्रतिक्रिया दिनुहोस्