१७ चैत्र २०७६, काठमाडौं
सरकारले कोभिड १९ (कोरोना भाइरस)का कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक अभावलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ ।
यसैबीच सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने भएको छ । सरकारका प्रवक्ता तथा अर्थन्त्री डा. युवराज खतिवडाले कोषले दिने नेपाली रुपैयाँ १३ अर्ब बराबरको ऋण लिने निर्णय गरेको बताए ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा बोल्दै खतिवडाले लिइएको ऋण निर्ब्याजी भएको पनि बताए । त्यस्तै महामारी रोकथामका लागि भन्दै विश्व बैंकले दिने ऋण तथा सहायता स्वरुपको नेपाली रुपैयाँ ३ अर्ब बराबरको लिन वार्ता समिति बनाउने निर्णय गरिएको पनि उनको भनाइ थियो ।
|तस्वीरमा अन्तर्राष्ट्रिय मुद्रा कोष। फाइल तस्वीर|