१७ चैत्र २०७६, काठमाडौँ
लकडाउनका कारण निर्देशक तथा कलाकार भुवन केसी यतिबेला क्वारेन्टाइनमा रहेका छन् । उनले सरकारको नियमको पालना गर्दै आफ्ना सम्पूर्ण काम रद्य गरेर हाल घरमै समय बिताइरहेको बताएका छन् ।
साथै उनले कोरोनाका कारण समस्यामा परेका मजदुरको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा आफूले पनि सक्दो सहयोग गर्ने बताएका छन् । उनले चलचित्र संघसँग मिलेर आफूले सहयोग गर्न लागेको बताएका छन् ।
भुवनले हाल के कति सहयोग गर्ने भन्नेबारे छलफल भैरहेको पनि बताएका छन् । साथै उनले अन्य कलाकारलाई पनि आफूले सक्ने सहयोग गर्नको लागि अपिल गरेका छन् ।