१७ चैत्र २०७६, काठमाडौँ
सरकारले कोरोनाबाट प्रभावित व्यक्तिको उद्धार गर्नको लागि राहत कोष खडा गरेको छ । जहाँ जसले जति सक्यो त्यति सहयोग गरिरहेका छन् । यसैबिच नायिका करिश्मा मानन्धरले भने सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारप्रति आक्रोश पोखेकी थिइन् ।
उनले हरेक समस्या सेलिब्रेटी नै समाधान गर्न आवश्यक नरहेको बताएकी थिइन् । करिश्माको स्टाटसमा कमेन्ट गर्दै नायिका रेखा थापाले उनको समर्थन गरेकी छिन् । रेखाले कोरोना रोकथाम गर्ने बजेट सेलिब्रेटीले उठाउने हो र भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।
उनले कमेन्टमा लेखेकी छिन्, ‘परे राज्यले सबैको बैंक खाता कब्जा गर्लानी । अरुले यति दियो, उनले दिएनन् भन्नु भन्दा पनि सक्नेले दियौ नसक्नेले मागौं ।’