१८ चैत्र २०७६, काठमाडौं
नलगाड नगरपालिकाले (कोभिड १९) कोरोना भाइरसको रोकथाम र उपचारका लागि खटिने कर्मचारीलाई खाइपाई आएको तलबमा थप ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपत् व्यवस्थापन कोषमा २१ लाख रुपैयाँ जम्म गर्ने, कोरोनाविरुद्धको अभियानमा खटिएका कर्मचारीलाई खाइपाई आएको तलबमा थप ५० प्रतिशत जोखिम भत्ता दिने, स्वास्थ्य संस्थामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तीन हजार रुपैयाँ जोखिम भत्ता दिने, ड्यूटीमा खटिने सुरक्षाकर्मीलाई २ हजार ५०० रुर्पयाँ खाजा भत्ता उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए ।
यस्तै, नगरपालिकाका भूमिहीन, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदूरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरेको छ ।
त्यस्तै, कोरोना रोकथामका खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मीचारीका लागि पाँच लाख रुपैयाँ जीवन बीमा बापत्को लागि रकम छुट्याइएको छ ।
त्यस्तै, औषधि उपचारका लागि ५० हजार रुपैयाँ समेत बिनियोजन गरिएको अधिकृत सिंहले बताए ।
|तस्वीरमा नगरपालिका कार्यालय। फाइल तस्वीर|