कोरोनाबाट प्रभावित व्यक्तिहरुको लागि कार्तिक आर्यनले गरे १ करोड सहयोग



१८ चैत्र २०७६, काठमाडौँ

पछिल्लो समयका चर्चित बलिउड अभिनेता कार्तिक आर्यनले कोरोनाबाट प्रभावित व्यक्तिको लागि १ करोड सहयोग गरेका छन् ।

कार्तिकले यस्तो अवस्थामा देशको लागि केही गर्न आवश्यक रहेकाले आफूले पनि सकेको सहयोग गरेको बताएका छन् ।

कार्तिकले आज आफूले यो नाम र दाम जनताकै कारण कमाएकाले उनीहको लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।

भारतमा पनि कोरोना त्रास निकै भएकाले मजदुरलाई विशेष समस्या परिरहेको छ । उनीहरुको सहयोगको लागि प्रधानमन्त्री राहत कोष खडा गरिएको छ । जहाँ धेरै बलिउड सेलिब्रेटीहरुले रकम जम्मा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्