१८ चैत २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउला र सचिव रविन्द्र श्रेष्ठले महानगरवासीलाई आफ्नो परिवारका साथ घरभित्रै बसी लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेका छन् ।
जारी अपिलमा महानगरभित्रका कोही पनि नागरिक भोकै नपरुन भन्ने उद्देश्यले काठमाडौं महानगरपालिकाका वडाहरु मार्फत राहत वितरण भईरहेको जानकारी गराईएको छ ।
नेकपा महानगर कमिटीले राहत वितरण कार्यलाई सरकारले निर्धारण गरेको मापदण्डभित्र असहाय, विपन्न, दैनिक काम गरी खाने मजदुरहरुलाई लक्षित गरी व्यवस्थित रुपमा वितरण गर्ने काममा वडा कमिटीका नेता कार्यकर्ताहरु आवश्यकता अनुसार वडा कार्यलयसँग समन्वय गरी परिचालिन हुन समेत विज्ञप्ती मार्फत आव्हान गरेको छ ।
नेकपा काठमाडौं महानगरद्वारा जारी अपिल :