१८ चैत्र २०७६, काठमाडौँ
अन्य बर्षको तुलनामा यस बर्ष कम नेपाली चलचित्र रिलिज भए । त्यसमध्ये पनि एकदमै कम चलचित्रले मात्र नाफा कमाउन सफल भए ।
यसबर्षको सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो छ माया छपक्कै । दशैँको समयमा रिलिज भएको छ माया छपक्कै लाई दर्शकले औधी रुचाए । चलचित्रलाई समिक्षकले पनि राम्रो बताएका थिए । दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई रोहित अधिकारीले निर्देशन गरेका हुन् ।
यस्तै कबड्डी कबड्डी कबड्डी यस बर्षको दोस्रो हिट चलचित्र बन्न सफल भयो । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले १० करोड माथिको व्यापार गर्न सफल भएको थियो ।
चलचित्र जात्रै जात्रा ले पनि नाफा कमाउन सफल भएको थियो । यस्तै आमा र दाल, भात, तरकारी पनि यस बर्षका सफल चलचित्र हुन् । यस बर्ष आशा गरिएका केही चलचित्र प्रदर्शन हुन बाकिँ नै थिए । तर कोरोनाका कारण चलचित्रका प्रदर्शन रोकिएका छन् ।
यस बर्ष आशा गरिएका चलचित्रहरु प्रेमगीत ३, म यस्तो गीत गाउँछु २, चपली हाईट ३, नीरफूल, लक्का जवान लगायतका चलचित्र अब अर्को बर्ष मात्र रिलिज हुने भएका छन् ।