कोभिड १९ : विशेष उपकरण बनाउने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…



१८ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) संक्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अष्ट्रेलियाका वैज्ञानिक एउटा अकल्पित संकटमा परेका छन् ।

उनलाई आफ्नो आविष्कारको परीक्षण गर्न खोज्दा चुम्बक नाकमा अड्किएपछि अस्पताल जानुपर्ने स्थिति आइलागेको छ ।

डा. ड्यान्यल रिएर्डन नामका ती खगोल भौतिकशास्त्री मानिसले हात अनुहार नजिक पुर्‍याउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए । तर उनले सोचे जस्तो भएन ।

“मेरो आविष्कारको उल्टो प्रभाव भयो । चुम्बक नजिकै हुँदा यसले आवाज निकालिराख्यो ।” उनले भने, ‘मैले आफू समस्यामा परेको थाहा पाएँ । म हाँसेर बसें । केही बेर काम गरिनँ ।’ उनले बीबीसीसँग भनेका छन् ।

त्यसपछि उनले आफ्नो अनुहारमा चुम्बक राख्न थालेको बताएका छन् । ‘अनि मैले केही नसोचीकन अनुहारमा चुम्बक राख्न थालें । पहिला कानका लोतीमा, त्यसपछि नाकभित्र चुम्बकका मुन्द्राजसरी । नाकको अर्को प्वालमा चुम्बक राखेपछि समस्या भयो । तीसँगै टाँसिए र नाकेहाडमा चुम्बक अड्किए ।’

“पहिले धेरै दुख्यो । तर, आत्तिइनँ । चुम्बक हटाउन त्यति सजिलो नहुने ठम्याएपछि म चिन्तित भएँ ।” उनले भने, ‘बाँकी दुई वटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउने निरर्थक प्रयास गर्दा ती पनि अड्किएपछि मलाई आफू समस्यामा परेको थाहा भयो ।’

तर, आफैँ उक्त समस्याबाट मुक्त हुने प्रयास गरेको उनले जानकारी गराए । ‘त्यो औजार मेरो नाकतिर आकर्षित भइराख्यो । अनि नाक तानिँदाको बल पीडादायी थियो ।’

चिकित्सकले उनको नाकबाट सबै चुम्बक निकालिदिए । अहिलेका लागि उनको उपकरण बनाउने योजना स्थगित भएको छ । बीबीसीबाट-

|तस्वीरमा डा. ड्यान्यल रिएर्डन-फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्