कोरोना संक्रमणबाट कंगोका पूर्व राष्ट्रपतिको निधन



१८ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)का कारण कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको निधन भएको छ ।

८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी एक सेना अधिकारी थिए । जो दक्षिण अफ्रिकी राष्ट्रको जनरलसम्म बने ।

उनले सन् १९७७ देखी सन् १९७९ सम्म कंगो ब्राज्जाभिलको सत्ता सम्हालेका थिए । त्यसपछि उनलाई हालका राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए ।

सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनुअघि उनले धेरै बर्ष जेल जीवन बिताए । सन् १९९३ बाट १९९७ को गृहयुद्ध शुरु नभएम्म उनी देशको प्रधानमन्त्री समेत बनेका थिए ।

त्यसपछि १० वर्षसम्म उनले फ्रान्समा निर्वासित जीवन बिताएका थिए । त्यसपछि पुनः कंगो फर्किएर राजनीतिमा सक्रिय भएका थिए । एजेन्सीको सहयोगमा–

|तस्वीरमा कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम-फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्