विश्व स्वास्थ्य संगठनको चेतावती : ‘एसियामा कोरोना महामारी नियन्त्रणमा आउन बाँकी’



१८ चैत्र २०७६, काठमाडौं

विश्व स्वास्थ्य संंगठन (डब्ल्यूएचओ)ले एसियामा कोभिड १९ (कोरोना भाइरस)को महामारीको अवस्था अझै नियन्त्रणमा आउन बाँकी रहेको चेतावनी दिएको छ ।

संगठनका क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोना थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका बीबीसीले जनाएको छ ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै निर्देशक कासाईले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एसियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिए ।

चीन, दक्षिण कोरिया, सिंगापुरलगायतका देशले कोरोना नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका भन्दै उनले अन्य देशले ती देशबाट शिक्षा लिनुपर्नेमा पनि बताए ।

प्रतिक्रिया दिनुहोस्