नेपाल सरकारलाई हिमानी कोषद्धारा २ करोड सहयोग



१८ चैत्र २०७६, काठमाडौँ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाललाई सुरक्षित राख्न यसबेला नेपाललाई लकडाउन गरिएको छ । जसको कारण सबैजना क्वारेन्टाइनमा रहेका छन् ।

लकडाउनका कारण यतिबेला दैनिक मजदुरी गरेर गुजारा चलाउने मजदुरहरु मर्कामा परेका छन् । उनीहरुलाई दैनिक गुजारा चलाउनै गाह्रो भैरहेको छ । कोरोनाबाट प्रभावित व्यक्तिको सहयोगको लागि सरकारले प्रधानमन्त्री राहत कोष खडा गरेको छ ।

जहाँ केही रकम जम्मा भैरहेका छन् । यसैबिच हिमानी कोषले पनि राहत कोषमा रकम दिएको छ । हिमानी कोषले कोरोनाबाट प्रभावित व्यक्तिको सहयोगको लागि २ करोड रकम दिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्व राजा शाहले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ–आफ्ना ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्