फ्रान्समा अहिलेसम्मकै उच्च मृत्यु, एकैदिन ४९९ ले ज्यान गुमाए



१९ चैत्र २०७६, काठमाडौँ

फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ४ सय ९९ को मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै यहाँ मृतकको संख्या ३ हजार ५ सय २३ पुगेको छ । उनीहरु सबैको मृत्यु अस्पतालमा भएको हो ।

फ्रान्समा महामारी सुरु भएपछि पहिलो पटक एकैदिन यति धेरैको मृत्यु भएको हो । पत्रकार सम्मेलनमा जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा देशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय ५० बाट बढेर ५२,१२८ पुगेको बताए ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार फ्रान्स ती ६ देशमध्ये एक हो जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म फ्रान्ससमेत अमेरिका, इटली, चीन, स्पेन र जर्मनीमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्