विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०५०० नाघ्यो



१९ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुने मानिसको संख्या ४० हजार नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ४० हजार ६३६ पुगेको हो ।

मृत्यु हुनेमा सबैभन्दा धेरै इटालीमा छ । इटालीमा मृत्यु हुने मानिसको संख्या १२ हजार ४२८ पुगेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म ८ हजार २६९ जना मानिसको मृत्यु भएको छ भने अमेरिकामा ३ हजार ४०० को ज्यान गएको छ । चीनमा ३ हजार २०० भन्दा धेरै मानिसको ज्यान गएको छ ।

त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ८ लाख कटेको छ । अहिलेसम्म समग्र संक्रमितको संख्या ८ लाख २३ हजार कटिसकेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा संक्रमितको संख्या १ लाख ७५ हजार नाघेको छ ।

त्यस्तै इटालीमा समग्र संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ भने स्पेनमा अहिलेसम्म ९४ हजारभन्दा धेरै मानिसमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्