भयावह बन्दै अमेरिका एकैदिन दिन गयो १०४६ को ज्यान, जुन अहिलेसम्मकै उच्च मृत्यु



२० चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ हजार ९९ पुगेको छ । त्यस्तै एकै दिन २६ हजार १ सय ९ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँग अमेरिकामा २ लाख १४ हजार ६ सय ३९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन २ लाख ६ सय ६२ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्