स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, पछिल्लो २४ घण्टाको अपडेट



२० चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय २३ जनाले ज्यान गुमाएका छन् भने ८ हजार १ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो तथ्यांकसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ८७ पुगेको छ । त्यस्तै एकै दिन ८ हजार १ सय ९५ जनामा संक्रमण देखिएसँगै स्पेनमा संक्रमितको संख्या १ लाख ४ हजार १ सय १८ पुगेको हो ।

संक्रमितमध्य २२ हजार ६ सय ४७ जना उपचारपछि निको भएका छन् । ५ हजार ८ सय ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७२ हजार ८४ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ९ लाख ३४ हजार ८ सय २५ पुगेको छ । एकै दिन ७६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ७ सय १९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४१ हजार १ सय ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्