२० चैत्र २०७६, काठमाडौँ
मिस नेपाल अनुष्का श्रेष्ठले कोरोनाबाट बच्न सरकारले गरेको लकडाउनको पालना गर्न आवश्यक भएको बताएकी छिन् । उनले यस समयमा घरबाट बाहिर निस्कनु सुरक्षित नभएको बताएकी छिन् ।
उनले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै यस सयममा हामी शारिरीक रुपमा मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ्य रहन आवश्यक भएको बताएकी छिन् ।
उनले भिडियोमा भनेकी छिन्, ‘संसारमा नै प्रभाव पारेको कोरोनाबाट सतर्क रहौ । तर नआतिउ’ उनले अगाडि भनेकी छन् ‘यो समय आफ्नो शरीरको मात्र नभएर आफ्नो मानसिक स्वास्थ्यको पनि ख्याल राख्नु अति आवश्यक छ ।’
अनुष्काले पुष्टि नभएका र हल्लाको श्रोतबाट आएको समाचार भन्दा पनि पुष्टि भएका र आधिकारिक समाचारको मात्र बिश्वास गर्न समेत अनुरोध गरेकी छन् ।