२० चैत्र २०७६, काठमाडौँ
सौगात मल्ल र सृष्टि श्रेष्ठ केही बर्षदेखि प्रेममा रहेका छन् । यी दुई सँगै नै बस्छन् । पछिल्लो समयमा त सौगात र सृष्टि चलचित्रमा पनि एकसाथ देखिन थालेका छन् ।
अहिले लकडाउनका कारण सौगात र सृष्टि पनि क्वारेन्टाइनमा रहेका छन् । यसैबिच सृष्टिले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी छिन् । जहाँ सौगातले उनलाई गालामा किस गरिरहेका छन् ।
उक्त तस्बिरको क्याप्सनमा सृष्टिले लब लकडाउन लेखेकी छिन् । साथै उनले अहिले सबैलाई घरमै बस्न पनि आग्रह गरेकी छिन् । सम्भवतः सौगात र सृष्टिले अर्को बर्ष विवाह गर्नेछन् ।