‘कोरोना’बाट बच्न : ‘सेनिटाइज्’ गर्ने सुरुङको शरण 



२० चैत्र २०७६, काठमाडौं

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस)बाट बच्न विश्वमै विभिन्न उपायहरु अपनाइएको छ । यसै क्रममा भारतको तामिलाडु राज्यको तिरुपुर जिल्लामा यसबाट बच्न भन्दै सुरुङ तयार पारिएको छ ।

उक्त सुरुङ लुकेर बस्नका भने होइन । सुरुङ त सर्वसाधारणलाई रोगमुक्त बनाउनका लागि भन्दै बनाइएको हो । अर्थात् उक्त सुरुङ एकपटक पसेर निस्किसकिएपछि मानिसको शरिरका बाहिरी भाग पूरै रुपमा भाइरसमुक्त हुन्छ ।

भारतीय कम्पनी परिसंघ (सीआइआइ)को युवा विभाग र स्थानीय जिल्ला प्रशासनको सहयोगमा सुरुङ निर्माण गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

तिरुपुर जिल्लाका कलेक्टर विजया कार्तिकेयका अनुसार उक्त सुरुङलाई डीसइन्फेक्सनल टनेल भनिन्छ । उक्त सुरुङमा तीन तीन नोजलका दुईवटा स्प्रे सेट जडान गरिएका छन ।

ती नोजलबाट सोडियम हाइफोक्लोराईडको एक प्रतिशत मिसाइएको पानीले तीन देखि पाँच सेकेण्डसम्म तिब्र गतिका साथ स्प्रे गर्छ ।
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, स्वयम सेवक, सामाजिक कार्यकर्ता र सार्वजनिक सेवाका विभिन्न काममा खटिएका कर्मचारीहरुलाई उक्त सुरुङमा प्रवेश गराएर सेनिटाइज गराइन्छ ।

सो सुरुङमा प्रवेश गर्दा हात टाउको भन्दामाथि पुग्नेगरि तन्काउने र हत्केला अगाडी पारेर खोल्नुपर्ने निर्देशन दिइन्छ । सुरुङ वारपार गर्दा त्यहाँ जडित ६ वटा नोजलले छर्किएको औषधीय पानीले मानिसको शरिरको बाहिरी अंग पूर्णरुपमा भाइरसमुक्त हुने चिकित्सकहरुको भनाइ छ ।

उक्त सुरुङ गंगाजल छर्किएपछि पवित्र भइँन्छ, भन्ने धार्मिक मान्यतासंग मेल खाएको स्थानीयको भनाइ छ । सो सुरुङमा एक पटकमा एकहजार लिटर डीइन्फेक्ट घोल भरिन्छ ।

सो घोलले १६ घण्टासम्म स्प्रे गर्न सकिन्छ । उक्त सुरुङ तयार पार्न केवल ९० हजार भारतीय रुपैयाँ खर्च भएको थियो । एजेन्सीको सहयोगमा-

|तस्वीरमा आफैँ सेनिटाइज् गर्ने सुरुङ। श्रोत|

 

प्रतिक्रिया दिनुहोस्