२० चैत्र २०७६, काठमाडौं
विश्वमा दुई लाखभन्दा धेरै कोरोना सङ्क्रमितले स्वास्थ्य लाभ लिएका छन् ।
झण्डै १० लाख सङ्क्रमितमध्ये दुई लाख ३ हजार १ सय ५५ जना निको भएका छन् । सबैभन्दा धेरै चीनमा ७६ हजार ४ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यस्तै, स्पेनमा २६ हजार ७ सय ४३, जर्मनीमा १९ हजार १ सय ७५ र इटलीमा १६ हजार ८ सय ४७ जना निको भएका छन् । इरानमा १७ हजार ७ सय ११ र अमेरिकामा ८ हजार ८ सय ७८ जना निको भएका छन् ।
कोरोनाबाट विश्वमा ४९ हजार १ सय ६० जनाको ज्यान गइसकेको छ ।
|फाइल तस्वीर|