विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, कुन देशमा कति ? (अपडेट)



२१ चैत्र २०७६, काठमाडौं

विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ५१ पुगेको छ ।

त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाखको छेउछाउ पुगेको छ । अहिलेसम्म संक्रमित हुनेहरुको संख्या ९ लाख ९९ हजार ६ सय ७१ छ ।

बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ६ सय ७८, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बेल्जियमा १ सय ८३, नेदरल्यान्डमा १ सय ६६ जनाको मृत्यु भएको छ भने इरानमा १ सय २४ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् ।

बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्