फ्रान्समा कोरोनाका कारण एकै दिन १ हजार ३५५ जनाको मृत्यु, जुन अहिलेसम्मकै उच्च मृत्यु



२१ चैत्र २०७६, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनाले ज्यान गुमाएका छन् ।

बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ भने संक्रमितको संख्या ५९ हजार १ सय ५ जना पुगको छ । जसमा एकैदिन २ हजार १ सय १६ जना संक्रमित थपिएका छन् ।

फ्रान्समा संक्रमितमध्ये १२ हजार ४ सय २८ जना उपचारपछि निको भएका छन् । ६ हजार ३ सय ९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ४१ हजार २ सय ९० उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्