केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुन : संक्रमण देखियो



२१ चैत्र २०७६, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीन भने घट्दै गएको छ । केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुनः केही घटनाहरु देखिन थालेका छन् । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३१८ पुगेको छ ।

चीनमा एकैदिन ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८१ हजार ५८९ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

चीनमा संक्रमितमध्ये ७६ हजार ४०८ जना उपचारपछि निको भएका छन् । ४२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन १ हजार ८६३ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्