संसद् बैठक ३० चैत्रसम्मका लागि स्थगित



२१ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन्’का कारण प्रतिनिधिसभा बैठक चैत ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।

पर्सी (आइतवार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक चैत ३० गते सम्मका लागि स्थगित गरिएको हो । संघीय संसद्का निमित्त महासचिव गोपालनाथ योगीले आज (शुक्रवार) एक सूचना प्रकाशित गरी २३ गतेका लागि बोलाइएको बैठक ‘लकडाउन्’ यथावत रहेका कारणसारिएको जानकारी गराएका हुन् ।

कोरोना त्रासका कारण संसद् बैठक चैत्र ७ गतेदेखि लगातार सूचनामार्फत स्थगित हुँदै आएको छ ।

|तस्वीरमा संसद भवन, बानेश्वर। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्