‘कोरोना’का कारण सोमालियाका पूर्व प्रधानमन्त्रीको मृत्यु



२१ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण सोमालियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ ।

८३ वर्षीय पूर्व प्रधानमन्त्री नुर हसन हुसेनको बुधबार उपचारकै क्रममा मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनी बेलायतको लण्डस्थित अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्