२१ चैत २०७६, काठमाडौं
कोविड-१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।
कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराउनु भएको छ । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उहाँ बताउनु भएको छ । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ
कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य
इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् ।
स्पेनमा १ लाख १२ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने, दश हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् ।
फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार ४२८ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् ।
इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार ७११ निको भएर फर्किएका छन् ।
बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् ।
जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् ।
बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।