२३ चैत्र २०७६, काठमाडौ
कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शनिबारसम्म १५३ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण भारतमा ९९, पाकिस्तानमा ४१, बंगलादेशमा ८, अफगानिस्तामा ७ र श्रीलंकामा ५ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या १५३ पुगेको हो ।
माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख देखिएको छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन ।
सार्क राष्ट्रहरुले कोरोनाको कहर :
भारत
मृत्यु हुनेको संख्या : ९९
संक्रमित हुनेको संख्या : ३५८८
निको हुनेको संख्या : २२९
पाकिस्तान
मृत्यु हुनेको संख्या : ४१
संक्रमित हुनेको संख्या : २८१८
निको हुनेको संख्या : १३१
बंगलादेश
मृत्यु हुनेको संख्या : ८
संक्रमित हुनेको संख्या : ७०
निको हुनेको संख्या : ३०
अफगानिस्तान
मृत्यु हुनेको संख्या : ७
संक्रमित हुनेको संख्या : २९९
निको हुनेको संख्या : १०
श्रीलंका
मृत्यु हुनेको संख्या : ५
संक्रमित हुनेको संख्या : १६६
निको हुनेको संख्या : २७
नेपाल
मृत्यु हुनेको संख्या : ०
संक्रमित हुनेको संख्या : ९
निको हुनेको संख्या : १
माल्दिभ्स
मृत्यु हुनेको संख्या : ०
संक्रमित हुनेको संख्या : १९
निको हुनेको संख्या : १३
भुटान
मृत्यु हुनेको संख्या : ०
संक्रमित हुनेको संख्या : ५
निको हुनेको संख्या : २