चीनले अमेरिकालाई सहयोग गर्‍यो एक हजार थान भेन्टिलेटर



२३ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)महामारीबाट अति प्रभावित रहेको अमेरिकाका लागि चीनले एक हजार भेन्टिलेटर सहयोग गरेको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोका अनुसार अमेरिकाको कोरोना प्रभावित सहरमध्ये एक न्यूयोर्कका लागि चीनले सहयोग पठाएको हो । यद्यपि उक्त सहयोग उपलब्ध हुने प्रक्रियामै रहेको बताइएको छ ।

अमेरिकालाई यसअघि रुसले पनि सैन्य जहाजमार्फत् मास्कलगायत थुप्रै मेडिकल उपकरण सहयोग गरेको थियो । अमेरिकामा अहिलेसम्म ३ लाखजनामा संक्रमण भेटिसकेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्