अब अमेरिका कोरोनाभाइरसको केन्द्रविन्दु बन्दै, एकैदिन १ हजार १५४ बढीको मृत्यु



२४ चैत्र २०७६, काठमाडौँ

चीनको वुहानबाट शुरु भएको विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ ।

अमेरिकामा एकैदिन २४ हजार ९७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३२७ पुगेको छ भने संक्रमितमध्ये १७ हजार २४५ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा ३ लाख ९ हजार ४४७ जना उपचाररत छन् । संक्रमितमध्ये ८ हजार ७०२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ  ।

प्रतिक्रिया दिनुहोस्