कोरोना भाइरस : स्पेनको पछिल्लो २४ घण्टाको अपडेट



२४ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ ।

स्पेनमा एकैदिन ५ हजार ४७८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ३८ हजार ८० जना उपचारपछि निको भएका छन् । ६ हजार ८ सय ६१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ९२५ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्