कोरोनाको महामारीमा छिमेकी मुलुक भारत पछिल्लो २४ घण्टाको अपडेट



२४ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार २८८ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ३२८जना उपचारपछि निको भएका छन् । ३ हजार ८४३ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्